प्रवास

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

काँक्रेविहार (सुर्खेत) । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन् । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरूसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।’ बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचित

जापान, ११ साउन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्दी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत पाए । सन् २०२५-२०२७ कार्यकालका लागि जूलाई २५ तारिख टोकियोमा १२ औं अधिवेशनका सम्पन्न भएको थियो भने अमेरिकी कम्पनी भोताजको सिस्टममार्फत् मतदान भर्चुअल भोटिङ आज बिहान ८ बजे सुरू भएर बेलुका ८ बजे सम्पन्न भएको थियो । निर्वाचित लामिछाने र… पुरा पढौ

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो । इजरायल र इरानबीच गत १३ जुन २०२५… पुरा पढौ

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्रीको आह्वान

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सहअध्यक्षतासहित सम्बोधन गर्दै साझा विश्वव्यापी समृद्धिको मार्गलाई पछ्याउँदै आवश्यकताभन्दा कम र असन्तुलित रूपमा प्रवाह भइरहेको विकास सहायतामा रूपान्तरण हुनुपर्ने बताए । विकसित देशले आफ्ना प्रतिबद्धतालाई बोलीमा नभई व्यवहारमा उतार्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “हामी हतियारमा होइन,… पुरा पढौ

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिएको हो । उनले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए । “तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै होइन,… पुरा पढौ

एनआरएनए कान्साई क्षेत्रीय समिति जापानको संयोजकमा भीमबहादुर घर्ती सर्वसम्मत

सन थापा, जापान । १५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई क्षेत्रीय कार्य समितिको आइतबार ओसाकामा सम्पन्न १०औं अधिवेशनले संयोजकमा भीमबहादुर घर्ती (अनुप)लाई सर्वसम्मत चयन गरेको छ । सन् २०२५–२०२७ कार्यकालका लागि भएको उक्त अधिवेशनले तीनजना उपसंयोजकमा शंकर भूसाल, नारायण थापा (राम), लक्ष्मण न्यौपाने चयन गर्यो । त्यस्तै सचिवमा लक्ष्मण गैरे, सह(सचिवमा प्रकाश कॅंडेल र चुडामणि कॅंडेल चयन भए । कोषाध्यक्षमा बलबहादुर कॅंडेल क्षेत्री, सहकोषाध्यक्षमा रोशन सापकोटा, युवा संयोजकमा टंकप्रसाद न्यौपाने (राजन) चयन भए । त्यसैगरी महिला सदस्यमा सरिता… पुरा पढौ

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा ।प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । पुरा पढौ