खेलकुद

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ ।   कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो ।   कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९०… पुरा पढौ

एनपीएलमा आज चितवनसँग कर्णाली र विराटनगरसँग पोखरा भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच… पुरा पढौ

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले विजयी सुरुवात गरेका छन्। टियु क्रिकेट मैदानमा सोमबार भएको उद्‍घाटन खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। काठमाडौंका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। त्यस्तै आका त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोह्न सिम्पसनले १३ रन बनाए।  जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पारे । पहिले ब्याटिङको… पुरा पढौ

जनकपुरले काठमाण्डुलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए । ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर… पुरा पढौ

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ ।  नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्  त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा… पुरा पढौ

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा आठ देशका ५० खेलाडी प्रतिस्पर्धा गर्दै

पोखरा । पर्यटकीय शहर पोखरामा भोलि बिहीवारदेखि तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता… पुरा पढौ

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौँ । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ । लिग चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ । लिग चरणमा… पुरा पढौ