खेलकुद

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द

काठमाडौँ, ३० जेठ । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको… पुरा पढौ

पोखरा बक्सिङ च्याम्पियनसिप २०८१ सम्पन्न

पोखरा महानगर पालिकाको आयोजना र कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा बक्सिङ च्याम्पियनसिप २०८१ सम्पन्न भएको छ । यही जेष्ठ १७ र १८ गते २ दिन संचालन भएको उक्त खेल प्रतियोगिता कार्यक्रममा सभापति कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठ, प्रमुख अतिथी पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र बिशेष अतिथी नेपाल बक्सिङ महासंघ केन्द्रिय अध्यक्ष राम अवाल रहेका थिए । प्रमुख अतिथि आचार्यले खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने साथै पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने कुरा बताउनुहुदै… पुरा पढौ

आइसिसी टी–२० विश्वकप क्रिकेटः नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ, २३ जेठ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले… पुरा पढौ

होमलाल श्रेष्ठ र निर्मला रार्ईलाई अन्नपूर्ण म्याराथनको उपाधि

कास्की (अन्नपूर्ण), २१ जेठ । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यद्यपी सो दूरी गतवर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका थिए। उनले ५ दिन अघि… पुरा पढौ

आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

टेक्सास (अमेरिका) २० जेठ । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा… पुरा पढौ

सन्दीपको भिसा पुनः अस्वीकृत

अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ । टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । सरकारले पनि कूटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । यता नेपाली क्रिकेट समर्थकहरूले पनि उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । पुरा पढौ

राष्ट्रिय साइकल दौडस् प्रकाश र उषा च्याम्पियन

पोखरा, ५ जेठ । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन् । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो । पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही रु ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रकाशले निर्धारित २८ किमी दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २०… पुरा पढौ