खेलकुद

आहा ! रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

कास्की, १९ माघ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ । प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोली हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् । त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

कास्की, १८ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटमा आर्मीले निर्णायक गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए… पुरा पढौ

आहा! रारा पोखरा गोल्डकप : आज आर्मी र चर्चब्वाइज भिड्दै

पाेखरा । पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १-० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ । आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो… पुरा पढौ

थ्रिस्टार आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रिस्टार क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रिस्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रि स्टारलाई फाइनलमा पुर्‍याएको हो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा, १६ माघ । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए । पहिलो हाफमा… पुरा पढौ

मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछः मन्त्री आचार्य

दमौली (तनहुँ), १६ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे । उनले भने, “पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।” मानुङकोेटमा पर्यटकीय… पुरा पढौ

आहा रारा गोल्डकपः पुलिससँग चर्च ब्वाइज भिड्दै

पोखरा, १६ माघ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ । आज हुने चर्च ब्वाइज र नेपाल पुलिस… पुरा पढौ