खेलकुद

विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। । त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो । अब फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिश्पर्धा हुनेछ । एनपीएल दोश्रो संस्करणको फाइनल खेल यही मंसिर २७ गते हुनेछ । पुरा पढौ

एनपिएल: लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी… पुरा पढौ

काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ  । जितका लागि काठमाण्डौँले दिएको ११२ रनको लक्ष्य ६ विकेटको क्षतिमा १४ बल बाँकी रहँदै लुम्बिनीले पुरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन… पुरा पढौ

एनपिएलमा आज इलिमिनेटरको खेल हुँदै, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ अंक तालिकाको तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । इलिमिनेटरमा जित्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । पुरा पढौ

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम… पुरा पढौ

एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र… पुरा पढौ

साबिक विजेता जनकपुर पुछारमा, कर्णालीको दोस्रो जित

काठमाडौँ । कर्णाली याक्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकाल्दा साबिक विजेता जनकपुर बोल्ट्सले भने पुछारमा रहेर लिग टुंगाएको छ। कर्णालीले ३ रनको जित निकाल्यो। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३० रनको लक्ष्य दियो। प्रत्युत्तरमा जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउादा मात्र १२६ रन बनायो। अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा नन्दन यादवले १० रन मात्रै दिएका थिए। खेलमा जनकपुरका संजय… पुरा पढौ