खेलकुद

एनपिएल : आज चितवनसँग काठमाडौँ र कर्णालीसँग विराटनगर भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४:०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।  चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अंक मात्र बटुलेको छ । तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार… पुरा पढौ

एनपीएलः पोखराको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले सिजनको पहिलो जित दर्ता गरेको हो। यसअघिका दुई खेल पोखराले हारेको थियो । जनकपुर बोल्ट्सको भने यो लगातार तेस्रो हार हो। पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो।  जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्‍याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै… पुरा पढौ

सुदूरपश्चिमको अपराजित यात्रा कायमै

काठमाडौं। साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ । जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । सुदूरपश्चिम प्लेअफ नजिक पनि… पुरा पढौ

एनपिएल: आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिश्पर्धा गर्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । सुदूरले अहिलेसम्म ६ अङ्क बटुलेको… पुरा पढौ

विराटनगरलाई ४८ रनले पराजित गर्दै चितवन विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोज वियजी भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले बिराटनगर किंङ्सलाई ४८ रनले पराजित गरेको हो । यो सँगै ३ खेल खेलेको चितवनले २ खेलमा जितेको छ भने १ खेलमा पराजय भोगेको छ। टस जितेर व्याटिङको निम्तो दिएको विराटनगरले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर जम्मा १२६ रनमात्र जोड्यो। योसँगै विराटनगरका लागि यो सिजनको यो नै पहिलो हार हो । ४ खेलमा विराटनगरले… पुरा पढौ

विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता

मनाङ । विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा आज एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा नेपाली र अमेरिकी कुस्ती खेलाडीहरूबीचको सौहार्दता अझ हेर्न लायक थियो । यो प्रतियोगिताले हिमालको काखमा रहेको तिलिचो तालको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ अझ प्रख्यात बनाएको छ । दुवै देशका शीर्ष कुस्ती खेलाडीहरूले अक्सिजनको अभाव, तीव्र हावापानी र दुर्गम भूगोललाई पराजित गर्दै खेलप्रतिको आफ्नो लगाव र प्रदर्शन गरेका थिए । यो प्रतियोगिताले मानवीय सहनशक्ति… पुरा पढौ

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ । यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ । पुरा पढौ