सूचना प्रविधि

अमेरिकाको जीपीएस प्रणालीलाई चुनौती दिने चीनको अन्तिम भूउपग्रह अन्तरिक्षमा

अन्तरिक्षमा प्रमुख शक्ति बन्ने होडमा चीनले जीपीएसलाई चुनौती दिने प्रणालीका लागि आवश्यक अन्तिम भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ। मङ्गलवारको प्रक्षेपणपछि अब चीनले अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम जीपीएसमा भर पर्नु पर्ने छैन। चीनको एक खर्ब अमेरिकी डलरको बेईडौ-३ प्रणाली ३५ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्छ। चीन र अमेरिकाबीच कोरोनाभाइरस, व्यापार र हङ्‌कङलाई लिएर तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो। यो प्रक्षेपण गत सातानै गरिने योजना भए पनि रकेटमा प्राविधिक समस्या… पुरा पढौ

भोलि सूर्यग्रहण, लिम्पियाधुराबाट देखिनेछ ९८ प्रतिशत सूर्य ढाकिएको दृष्य

काठमाडौँ, ६ असार । भोलि अर्थात् असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण देखिँदै छ । यो ‘वलय सूर्यग्रहण’ हो, तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवम् वाल्मीकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए । सूर्य ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन,… पुरा पढौ

दैनिक बाह्र घन्टासम्म इन्टरनेटमा

काठमाडौँ, वैशाख १४ गते । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो । सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए । सहभागीमध्ये १५.२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो । १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८.६३… पुरा पढौ

तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने

पोखरा । मौसम पूर्वानुमान महाशाखाले बिहान विशेष बुलेटिन प्रकाशित गर्दै हाल काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानमा (सक्रिय भएको प्रदेशः प्रदेश न. १, २, बाग्मति प्रदेश, गण्डकी प्रदेश) विकसित मेघ गर्जन÷चट्याङ सहित वर्षा गराउने बादलका कारण मेघ गर्जन/चट्याङ हावाहुरी लगायत वर्षा भैरहेको जनाएको छ । यो १२ बजेसम्म रहने उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी/मेघ गर्जन/चट्याङ्/असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान वैशाख ९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि… पुरा पढौ

पोखरा महानगर न्यायिक समिति समक्ष अनलाइनबाटै उजुरी

एकराज गिरीपोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइनमार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइनमार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिकाका उपप्रखु एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । न्यायिक समिति समक्ष ns.pokharamun@gmail.com मार्फत उजुरी दर्ता गर्न सकिन्छ उपप्रमुख गुरुङले भनिन् । कोरोना रोकनाथ तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइन मार्फत उजुरी लिने निर्णय गरेको… पुरा पढौ

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

पाेखरा । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ । यो अफर ७ दिनको लागि हुने टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो । टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । ५० र… पुरा पढौ

भ्रष्टाचारमा डुबेकोले देश माथि लाग्न सकेनः प्रमुख शेरचन

पोखरा, ११ फागुन । नेपालले विज्ञान र प्रविधिलाई प्रयोग गर्न सके विकसित मुलुकको दाँजोमा पुग्न सकिने गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बताए । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित क्यान मेलाको आइतबार उद्घाटन गर्दै प्रमुख शेरचनले सो कुरा बताएको हो । ११ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन सम्बोधनमा प्रमुख शेरचनले देशको पछिल्लो परिणामले नैतिकहीन र अनुशासनहीन बन्दै गएको र भ्रष्टाचारमा डुबेकोले देश माथि लाग्न नसकेको बताए । उनले भने– ‘भाषणमा हामी भ्रष्टचार गर्दैनौं भन्ने एक पछि अर्को काण्डहरु देखिदै… पुरा पढौ