पर्यटन

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

गलकोट (बागलुङ) । वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना… पुरा पढौ

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

काठमाडौँ, ९ जेठ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेको हो । “कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ”, सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन्। फिल्ड कार्यालय प्रमुख… पुरा पढौ

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी, ३ जेठ । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र… पुरा पढौ

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई

कास्की, ३० वैशाख । कास्कीमा सम्पन्न तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स लङसेटले जितेका छन् । हिमालयन एक्सट्राईको आयोजनामा यही वैशाख २९ र ३० गते विश्वकै कठिनमध्येको मानिने सो प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि विजेता एन्डर्सले निर्धारित एक सय ७५ किमी साइक्लिङ र ४३ किमी लामो पर्वतीय दौड १६ घन्टा २३ मिनेट २६ सेकेन्डमा पूरा गरे । यसैगरी, पुरुषतर्फ काजाकास्तानका रुस्लान एर्जानोभले निर्धारित दूरी पूरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेन्डको समय लगाउँदै द्वितीय… पुरा पढौ

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ, ३० वैशाख । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेको हो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आज बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएको हो । उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु… पुरा पढौ

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’

गण्डकी, ३० वैशाख । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ । ‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन प्रहरी, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रतिनिधि, पर्यटनसम्बद्ध मजदुर सङ्गठनका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले वीरेठाँटीमा स्थलगत अनुुगमनसँगै पदयात्रा क्षेत्रका समस्या, टिम्स… पुरा पढौ

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

सल्लेरी (सोलुखुम्बु), २९ वैशाख । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए । कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि… पुरा पढौ