पर्यटन

अझै खुलेन पर्यटकका लागि पूर्वी नाका

भद्रपुर/झापा । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भूटान र भारतबाहेकका नागरिकलाई आवागमनमा रोक लगाउँदा यस क्षेत्रको पर्यटनमा प्रत्यक्ष असर परेको छ । कोराना महामारी फैलिएछि काँकडभिट्टालगायत देशभरिका नाका बन्द गरिएका थिए । कोरोना महामारीपछि सहज परिस्थिति बन्दा भारतसँगका अन्य नाकाबाट आवागमन सामान्य भए पनि काँकडभिट्टा नाकाबाट आउने पर्यटकको आगमन प्रायः ठप्प छ । अध्यागमन कार्यालयका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार भारतको केन्द्रीय सरकार र पश्चिम बङ्गाल सरकारबीच तालमेल नमिल्दा यो नाकाबाट पर्यटक आगमनमा रोक लगाइएको छ । “भारत सरकारले भूटान र… पुरा पढौ

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि बुधबार आधार शिविर प्रस्थान गरेको टोली शुक्रबार पैदलयात्रा सकेर फर्किएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुुवाहरु गरी ४० जनाको सहभागिता रहेको… पुरा पढौ

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट सम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । पर्यटन बोर्डमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको आदेशमा छ । कुन्दन शर्मा… पुरा पढौ

‘पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य’

पोखरा, ११ वैशाख । पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाले सुविधा सम्पन्न यातायात सेवा पर्यटकीय विकासको आधारभूत आवश्यकता भएकामा जोड दिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधा सम्पन्न यातायात सेवा दिनु जरूरी रहेको भन्दै यातायात व्यवसायीहरूले मागअनुुसार स्तरीय सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताए । पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा… पुरा पढौ

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी, ६ वैशाख । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो सङ्ख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो । सडक मार्गबाट… पुरा पढौ

पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ताल निर्माण सुरु गरिएको हो । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले–जलजले सामुदायिक वनमा धामाधम ताल निर्माण भइरहेको छ । चालु आर्थिक वर्षभित्र निर्माण सक्नेगरी काम भइरहेको उक्त कार्यालयका इन्जिनियर कुश बुढाथोकीले बताउनुभयो । हिले –जलजले सामुदायिक ‘ख’ वनमा शून्य… पुरा पढौ

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति

म्याग्दी । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४… पुरा पढौ