तनहुँ, १५ चैत । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।” कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले…
पुरा पढौ