कोरोना

गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखा । गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् । सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताइन् । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए । सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा… पुरा पढौ

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन एक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो । कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर… पुरा पढौ

बाँकेमा कोभिडका कारण एकको मृत्यु

कोहलपुर, ९ वैशाख । बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ । पुरा पढौ

कोरोनाका कारण एकको मृत्यु

चितवन, ३ वैशाख । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो । जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै… पुरा पढौ

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

सुदूरपश्चिम, ३ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो । सङ्क्रमणदर उकालो लाग्दै सुदूरपश्चिम प्रदेशमा केही… पुरा पढौ

कोरोना भाइरसबाट आज एक जनाको निधन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पुरा पढौ

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

काठमाडौँ, १४ पुस । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए । “अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी… पुरा पढौ