दमौली (तनहुँ) ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र…
पुरा पढौ