नेपाल प्रहरी

एकपटक पुग्नै पर्ने ठाउँ: दामोदर कुण्ड

गंगा घले ।पोखरा । मुस्ताङको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा जनै पूर्णिमाका दिन विशेष पूजापाठ हुने भएकाले तुलनात्मक रुपमा त्यसबेला बढी भक्तजनहरु त्यहाँ पुग्ने गर्दछ । विशेष गरी असारदेखि असोज महिनासम्म दामोदर कुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नानका लागि जाने भक्तजन नेपालीभन्दा भारतको उत्तराखण्ड, हिमाञ्चल, विहारलगायतका राज्यबाट बढी संख्यामा जाने गर्दछ । जिल्ला सदरमुकाम जोमसोमबाट कम्तिमा तीन दिनको यात्रापछि… पुरा पढौ

मनै लोभ्याउने नेपाली चेरी ‘पैयुँ’

पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट । स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ । यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको… पुरा पढौ