पहिरो

बाग्लुङ ढोरपाटन पहिरोका चार जनाको शव भेटियो, १३ जना बेपत्ता

बागलुङ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा ४ जनाको शव फेला पारेको छ भने कम्तीमा १३ जना बेपत्ता भएका छन्। पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३५ वर्षका पुरूषको शव फेला पारेको छ भने त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०÷२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२÷१३ का बालकको शव फेला… पुरा पढौ

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११… पुरा पढौ