नेपाल प्रहरी

नेपाल प्रहरीको एआईजीमा विश्वराज पोखरेल सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो। डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआईजीको एक दरबन्दी थप गर्ने निर्णयसँगै बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो। गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले सोहि दरबन्दीका लागि पोखरेलको मात्र नाम सिफारिश गरेको… पुरा पढौ

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा : को-कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले ३३ जना नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णयानुसार ७ गतेबाट लागू हुने गरी एसएसपीहरुको सरुवा गरिएको हो । गृह मन्त्रालयको सरुवा सूचीअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहले जिम्मेवारी पाएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।  यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची: पुरा पढौ

कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति पक्राउ

काठमाडौं, २५ कात्तिक । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त झापा मेचीनगर नगरपालिका–७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट… पुरा पढौ

पेस्तोल सहित तीन जना पक्राउ

कञ्चनपुर, २३ कात्तिक । बेदकोट नगरपालिका– २ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि… पुरा पढौ

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, २० कात्तिक । टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रुपेशलाई… पुरा पढौ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ

बाँके, १९ कात्तिक । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छाला सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका–५ बस्ने २७ वर्षीय गणेश नेपाली, सोही स्थान बस्ने २८ वर्षीय लाल बहादुर नेपाली, दैलेख चामुण्डाबिन्द्रा नगरपालिका–५ बस्ने २२ वर्षीय दिनेश कार्की र सोही स्थान बस्ने २७ वर्षीय उमेश बहादुर थापा रहेका छन् । उक्त होटलमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला… पुरा पढौ

नागमणि दिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ

बाँके, १९ कात्तिक । नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४ घर भएका ३५ वर्षीय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका-९ घर भएका ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँ सहित नेपालगञ्ज उपमहानगरपालिका-१ बाट पक्राउ… पुरा पढौ