पर्यटन

मनास्लु आरोहणमा धेरैको आकर्षण

काठमाडौँ, १७ असोज । मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरद् ऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् ।… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग

काठमाडौँ, २० चैत । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् । सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि… पुरा पढौ

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

भरतपुर (चितवन), ९ चैत । चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । सो अवसरमा उनले देश सबैको साझा रहेको भन्दै एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताए । उनले आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट हुनुपर्ने भन्दै संविधानमा व्यवस्था भएका कुरा व्यवहारमा लागू हुनुपर्ने बताए । यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले आदिवासी जनजातिका हक अधिकारका लागि… पुरा पढौ

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी, ५ चैत । “प्राकृतिक सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए… पुरा पढौ

घोडेपानी र पुनहिलमा बढे विदेशी पर्यटक

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा विदेशी पर्यटकको संख्या बढेको छ। गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३६१ विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ। घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाईमा पर्ने गरेको छ। साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ७७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जनाले भ्रमण गरेको पर्यटन… पुरा पढौ

पर्यटकको पर्खाइमा आलडाडा

म्याग्दी । वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान अ पर्यटकका पर्खाइमा छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए । ‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन् । सुनसान छ,’ उनले… पुरा पढौ

पर्यटक तान्दै माझठानाका झरना

हरि बास्ताेला पोखरा । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो… पुरा पढौ