नेपाल प्रहरी

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

इनरुवा, ६ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… पुरा पढौ

काठमाडौँको नाकामा प्रहरी निगरानी, ठूलो परिमाणको लागुऔषधसहित १० पक्राउ

काठमाडौँ । अवैध रूपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौँको सिमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ। पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।  उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।  उनका अनुसार उनीहरूको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार… पुरा पढौ

डिएसपी केसी निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि… पुरा पढौ

भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

काठमाडौं । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोभी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो । बन्दाकोभी बोकेर भारततिर जान लागेको प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा… पुरा पढौ

स्रोत नखुलेको नौ लाख पचास हजारसहित भारतीय युवक पक्राउ

जलेश्वर, ११ फागुन । भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । आज अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजारको मनरासिस्वा नगरपालिका–२ स्थित… पुरा पढौ

पेशागत मर्यादालाई मध्यनजर गरी कार्य सम्पादन गर्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशन

पोखरा, १६ माघ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ खटिने प्रहरी कर्मचारीले प्रतिकुल अवस्थामा समेत पेशागत मर्यादा लाई मध्यनजर गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा मुख्य कार्यलय भवन, प्रहरी कर्मचारी व्यारेक, प्रहरी मेश र हिरासत गरि छुट्टाछुट्टै ६ ओटा सुविधायुक्त पक्कि भवनको आज उद्घाटन गर्दै उनले प्रतिकुल अवस्थालाई अनुकुल बनाउनकै लागी प्रहरी दिनरात खटिनु पर्ने बताएको हो । साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै… पुरा पढौ

एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ

काठमाडौं, २०७७ मङ्सिर २२ । काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुरा पढौ