मौसम पूर्वानुमानः आज पनि देशभर वर्षा र हिमपात

-


     मर्दी न्युज    
     २८ मंसिर २०७६ मा प्रकाशित


Mardi

पोखरा, २८ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ ।
देशका मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

यसैगरी केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउन मौसम पूर्वानुमान बुलेटिनमा अनुरोध गरिएको छ ।