ल्होसारमा सार्वजनिक विदाको माग गर्दै प्रदर्शनमा

-


     मर्दी न्युज    
     पुस ६ गते २०७६ मा प्रकाशित


Mardi News

Mardi News Mardi News

पोखरा, ६ पुस । तमु ल्होसार (पुस १५) मा सार्वजनिक विदा दिन माग गर्दै आइतवार पोखरामा मानव साङ्लो प्रदर्शन गरेका छन् । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको नेतृत्वमा पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म प्ले कार्डसहित प्रदर्शन भएको हो ।

कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, पर्वत, नवलपुर, म्याग्दी, बाग्लुङ जिल्लाबाट तमुहरु पोखरामा आयोजित प्रदर्शनमा सहभागी बनेका थिए ।
प्रर्दशन पश्चात पोखराको चिप्लेढुंगा विपी चोकामा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

उनीहरुले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने, धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।