पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरालाई गण्डकी प्रदेशको राजधानी मात्र नभई पर्यटकीय राजधानी बनाउनुपर्ने बताएका छन् । मंगलवारदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको १० औ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
प्राकृतिकले नै साथ दिइएको गण्डकी प्रदेशमा पर्यटकको प्रचुर सम्भावना छ, सबै खालको पर्यटक आउने गण्डकी प्रदेशलाई ‘माइस’ (Meeting, Incentive, Conference, Explore MICE) टुरिजमको विकास गर्न आवश्यक छ– उनले भने— ‘हामीले हाम्रो प्रदेशमा पर्यटनलाई आर्थिक विकासको मुल आधार मानेकोले यहाँ आगन्तुक पाहुनाको बसाई लम्बाउने गरी धेरै पर्यटकीय गन्तव्यहरु निर्माण तथा पहिचान गर्नुपरेको छ, यसको लागि क्लवले थालनी गरेको जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने कामका लागि सहयोग गर्न हामी तयार छौं ।’
मुख्यमन्त्री गुरुङले युनाइटेड क्लबले पोखरामा जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने अभियानमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताएका छन् । क्लबले थालनी गरेको चिडियाखाना निर्माण गर्ने अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।
पोखरा महानगरपालिका ३०, ३१ र ३२ नम्बर वडा स्थित बेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण कार्य भई रहेको छ । हाल उक्त क्षेत्रमा केही जंगली जनावरहरु रहेका छन् । क्लबको प्रयासमा जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा निकै प्रशंसनीय कार्य भएको उनले जनाए । उनले भने– ‘प्रदेश सरकारले पनि जुलोजिकल पार्कसंगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र बढी भन्दा बढी पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने उद्देश्यले अघि बढेको छ, क्लबले सुरु गरेको उक्त अभियानलाई हामीले समन्वय गरी अघि बढ्छौं ।’
१० औं संस्करणको पोखरा महोत्सवको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका कार्यबहाक सदस्य सचिव राजेश कुमार गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्की, अमरसिंह माविका अध्यक्ष तेजश्वी बरालले क्लबले आयोजना गरेको महोत्सव तथा पोखराको विकासबारे मन्तव्य राखेका थिए ।
क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । महोत्सव यही माघ १२ गतेसम्म चल्ने भएको क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले बताए ।
यसअघि, महोत्सव पूर्व सन्ध्यामा पोखराको रंगशाला गेटदेखि महोत्सव स्थल अमरसिंह चौरसम्म विभिन्न जातजातिको झांकी सहितको ¥यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ वटा समूह ¥यालीमा सहभागी भएको क्लबले जनाएको छ । झाँकीमा रामबजार पुन समाज, पोखरा प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज द्वितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतीय र बाझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी ¥यालीतर्फ पोंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बाजापाटन १३ द्वितिय र मान्द्रेढुंगा आमा समूह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समूह पोखरा १२ ले सान्त्वना स्थान हासिल गरेका थिए । झाँकी तथा ¥याली दुर्वतर्फ प्रथम हुनेलाई नगद १५ हजार, द्वितिय १० हजार र तृतियलाई ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।