कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९२ पुग्यो

-


     मर्दी न्युज    
     माघ २२ गते २०७६ मा प्रकाशित


Mardi News

तस्विरः एजेन्सी

पोखरा, २२ माघ । चीनामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ भने चीन बाहिर २ जना गरी ४ सय ९२ जनाको हालसम्म मृत्यु भएको छ । एक जना फिलिपिन्समा र अर्को हङकङमा एक गरी चीनभन्दा बाहिर २ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणको हालसम्म ९ सय ११ जनाको उपचार भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अहिलेसम्म चीनमा मात्र संक्रमणको संख्या २० हजार ३ सय २४ जना पुगेको जनाएको छ । दुई दर्जन देशका गरी हालसम्म २० हजार ५ सय ३४ जना अझै पनि उक्त भाइरसबाट संक्रमित भएको उक्त पोष्टले जनाएको छ ।