
सेयर बजारको ओरालो यात्रा आज पनि कायमै रह्यो। अघिल्लो दिन मंगलबार २६.१६ अंकले घटेको नेप्से परिसूचक आज २५.८१ अंकले घटेर बन्द भएको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। नेप्से परिसूचक २७४४.४५ विन्दुमा झरेको छ।
अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भएको छ । कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २३५ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से ओरालो लाग्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

