आजको मौसमः मेघ गर्जनसहित वर्षा तथा हल्का हिमपात हुने

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७६ मा प्रकाशित


देशमा पुर्वी तथा पश्चिमी भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले आज पनि देशैभरिको मौसम परिवर्तन हुनेछ । पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली भई थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्ष भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार बिहान देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको साथै थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भईरहेको छ बांकि स्थानमा आशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

आज फागुन १३ गते मंगलबार
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते बुधबार

दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते बिहिबार

दिउँसोः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एकरदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एकरदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।