७८ हजार मास्कसहित ८ जना पक्राउ

-


     मर्दी न्युज    
     १ चैत्र २०७६ मा प्रकाशित


काठमाडौँ — नेपाल प्रहरीले बढी मूल्यमा बेच्न लागिएको ७८ हजारभन्दा बढी सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरूको साथबाट ७८ हजार २ सय ५० वटा सर्जिकल मास्क बरामद भएको छ ।

पक्राउ पर्नेमा मञ्जुश्री सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् ।