
तस्विरः दीपेन्द्र श्रेष्ठको फेसबुकबाट
पोखरा, १८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेका कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने मेसिन गण्डकी प्रदेशका लागि पोखरा ल्याईएको छ । सरकारले चीनबाट ल्याएको दुई दिनपछि मात्रै गण्डकी प्रदेशको राजधानी पोखरामा मेसिन ल्याईएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हेलिकोप्टरबाट सिधै पि.सि.आर. (पोलिमरिज चेन रियाक्सन) मेसिन आज बिहान झारिएको हो । सरकारले गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

मेसिन आजै जडान गरी परीक्षण सुरु गरिने अस्पताल स्रोतले जानकारी दिएको छ । पि.सि.आर. मेसिनबाट ३ घण्टाभित्र कोरोना भाइरसको परीक्षण हुने प्राविधिकहरुले जनाएको छ । मेसिनसँगै कोरोना परीक्षणको लागि आवश्यक पर्ने कीट, केमिकल तथा पर्सनल प्रोटेक्टिभ ईक्युपभेण्ट (पि.पि.ई.) पनि पोखरा ल्याईएको छ ।
