
काठमाडौं । नेपाल सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।
शनिवार बालुवारटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
शनिवार सुदूरपश्चिमका कैलाली, कञ्चनपुरमा थप संक्रमित देखिएसँगै र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसैगरी बागलुङमा पनि र्यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।