काठमाडौं । वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको भेटिएको छ ।
छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
पोजिटिभ देखिएका वीरगन्ज–३ छपकैया र वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुष रहेको मन्त्रालयले बताएको छ । उनीहरु दुवैलाई प्रहरीले अस्पताल ल्याइएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।