पहिरोले थुनिएको नौली खोला बग्न थाल्यो

-


     मर्दी न्युज    
     १० साउन २०७७ मा प्रकाशित


गोरखा । पहिरोका कारण गएरातीदेखि थुनिएको नौलीखोलाको तालबाट पानी बग्न थालेको छ । थुनिएको तालको पानी बिहान दशबजेदेखि खुल्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए ।

‘ताल खोलिएको त छैन, तर ताल माथिबाट नाघेर पानी बग्न सुरु गर्यो’, उनले भने, ‘अब त स्थानीयबासीलाई अलिअलि राहत महसुस भएको छ ।’ घटनास्थल आएका माछाखोला चौकीका प्रहरीहरु पनि फर्केका उनले बताए ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा थिए । जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिएको थियो ।