पूर्वडीआईजी कोइरालाको कैद घटाउने फैसला सर्वोच्चले पुनरावलोकन गर्ने

-


     मर्दी न्युज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित


सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ। सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो।

न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।