गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     २१ असार २०७७ मा प्रकाशित


पोखरा, २१ असार । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा आइतबार बिहान तनहुँका २ जना र बागलङका एक गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा तनहुँ व्यास नगरपालिकाका १ जना, शुक्लागण्डकी नगरपालिकाका १ र बागलुङ काठेखोला गाउँपालिकाका १ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुगेको छ ।



Tags: