नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २६ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमवार पर्सा, मोरङ र काठमाडौं जिल्लाका ३ जना मृतक थपिएसँगै मृतकको संख्या ७९ पुगेको हो ।

मन्त्रालयका अनुसार साउन २५ गते निधन भएका बाँके जिल्ला कोहलपुर नगरपालिक २ बस्ने ७० वर्षीया महिला हुन् । उनी साउन २३ गते नेपालगञ्ज मेडिकल कलेजमा भनाई भएका थिए । मृतक बृद्ध उच्च रक्तचापको बिरामी भएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान मेडिकेयर अस्पतालमा निधन भएको हो । त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ । 

त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५ः४२ निधन भएको छ ।

यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९ पुगेको छ ।



Tags: