प्रधानमन्त्री ओली आज किमाथांका जाँदै

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार चीनसँग सिमाना जोडिएको संखुवासभा जाने भएका छन्। प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान साढे ८ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम रहेको छ।

सोही अनुसार संखुवासभा जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम छ।

यसैगरी प्रधानमन्त्रीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन्।