आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

-


     मर्दी न्युज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

त्यस्तै सोमबार स्थगित मन्त्रिपरिषद्  बैठक अहिले बालुवाटार जारी छ। बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे । बैठक नियमित भएकाे बताइएकाे छ।