
सन थापा,
जापान । डिसेम्बर २२
जापानमा कोरोना संक्रमण (कोभिड–१९) को सक्रिय संख्या २४ हजार ४ सय २८ पुगेको छ । मंगलबार २ हजार ६ सय८७ जना कोरोना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ४ हजार ४ सय २९ जना पुगेको छ ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार २५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
ओसाकामा १२, होक्काईदोमा सात, छ, आईची छ, ह्योगोमा चार, साईतामामा तीन, खानागावा, सिजुओका, ईवातेमा दुईरदुई, टोकियो, यामागुची, गिफु, ओकायामा, हिरोसिमा, कुमामोतो, कोची प्रान्तमा एकरएक गरी ४७ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २७ हजार १ सय ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ७० हजार १ जना कोरोना संक्रमित निको भएका छन् ।
राजधानी टोकियोमा ५ सय ६३ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५२ हजार ३ सय ८२ जना पुगेको छ । ४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने ओसाकामा २ सय ८३, खानागावामा ३ सय ४८, आईची र ह्योगोमा १ सय ९०, चिबामा १ सय ५२, साईतामामा १ सय ९६ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
ओसाकामा २७ हजार ५ सय,खानागावामा १७ हजार ३ सय ८६,आईचीमा १४ हजार ४ सय २७, होक्काईदोमा १२ हजार ३ सय ८१,साईतामामा ११ हजार ९ सय ८२,चिबामा ९ हजार ३ सय नौ, ह्योगोमा ८ हजार ४ सय ३८,फुकुओकामा ७ हजार ५ सय ४७, ओकिनावामा ५ हजार १० र क्योतोमा ३ हजार ९ सय १० जना पुगेको छ ।

