इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन मा नयाँ नेतृत्व चयन

-


     मर्दी न्युज    
     पुस ९ गते २०७७ मा प्रकाशित


पोखराको लेकसाइडमा रहेको पर्यटन ब्यवसायी संस्था इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन को नबौं अधिवेशन तथा सत्रौं बार्षिक साधारण सभा हिजो बैदामस्थित कुटि रिसोर्टमा सम्पन्न भएको छ ।

खुल्ला सत्रको कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष श्री गोपि बहादुर भट्टराईले कोभिड-१९ का कारण थलिएको पर्यटन ब्यबसाय लयमा फर्किन अझै दुई बर्ष जति लाग्नसक्ने बताउदै घरभाडा, बैंकको सुलभ कर्जा लगायतका बिषय आफुले सम्बन्धित ठाउँमा उठाउँदै आएको बताउनुभयो । सबै ब्यबसायीहरु हातेमालो गर्दै अगाडि बढ्नुपर्ने मा उहाँले जोड दिनुभयो ।

विशेष अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष श्री जगत बहादुर पहारीले लेकसाइड सुन्दर पर्यटकीय क्षेत्र भएको र आफू यहीँको जनप्रतिनिधि भएकोले सक्दो सहयोग पुर्याउने बताउनुभयो ।

यो कार्यकालमा उत्कृष्ट पसल सजावट, उत्कृष्ट कार्य सम्पादन गरे बापत विभिन्न ब्यक्तित्व हरुलाई प्रसंशा पत्र द्वारा संमान गरिएको थियो । अध्यक्ष श्री शंकर प्रसाद भट्टराईको सभापतित्व मा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव श्री इन्द्र प्रसाद भण्डारीले गर्नुभएको थियो ।

आगामी दुई बर्षको लागि भएको नेतृत्व चयनमा श्री बिश्व राज पोखरेल अध्यक्ष सहित ११ सदस्यीय सर्बसम्मत नयाँ कार्यसमिति चयन भएको छ जसमा निवर्तमान अध्यक्ष श्री शंकर प्रसाद भट्टराई, उपाध्यक्ष श्री गोकर्ण लम्साल,सचिव गिता ढकाल पौडेल, कोषाध्यक्ष माया सुवेदी, सह-सचिव प्रमिला थापा कार्यसमिति सदस्यहरुमा श्री सुरेन्द्र पौडेल, श्री सुशील ढकाल, श्री केशव सापकोटा ,श्री रमेश सुवेदी र श्री रामकृष्ण तिमिल्सिना छन् ।