
काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको हो ।
बैठकले गण्डकी प्रदेशमा देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशमा युवराज ज्ञवालीलाई इन्चार्ज तोकेको छ । त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।

