
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको पनि उनले दाबी गरेका छन् ।
‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ

