जापानमा थप ९८९ जना संक्रमित, २१ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १ चैत । जापानमा आईतबार ९ सय ८९ जना कोरोना संक्रमित थपिनुका साथै २१ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४८ हजार ६ सय २४ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ६ सय सात जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २६ हजार ३ सय २२ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १२ हजार ३ सय १२ जनाको उपचार भइरहेको छ भने ३ सय २८ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १५ हजार ४ सय नौ, ओसाकामा ४८ हजार ३ सय छ, खानागावामा ४६ हजार ३ सय ९१, साईतामामा ३० हजार ९ सय एक, चिबामा २७ हजार ९ सय ४४, आईचीमा २६ हजार ४ सय ७९, होक्काईदोमा १९ हजार ८ सय ९०, फुकुओकामा १८ हजार ५ सय १०, ह्योगोमा १८ हजार ४ सय ७५ र क्योतोमा ९ हजार १ सय ९६ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ४ सय ९६, इबाराकीमा ६ हजार १ सय ८४, सिजुओकामा ५ हजार ३ सय ९६, हिरोसीमामा ५ हजार ६५ र गिफुमा ४ हजार ६ सय ८६ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ५ सय ८०, ओसाकामा १ हजार १ सय ५४, खानागावामा ७ सय ४७, साईतामामा ६ सय ६४, चिबामा ५ सय आठ, आईचीमा ५ सय ५३, होक्काइदोमा ७ सय छ, फुकुओकामा ३ सय १५, ह्योगोमा ५ सय ६६ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।

४७ प्रान् मध्ये आइतबार ११ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा २ सय ३९, ओसाकामा ८२, खानागावामा १ सय नौ, साईतामामा ७७, चिबामा १ सय छ, आईचीमा २४ जना संक्रमित थपिए । त्यस्तै मियागीमा ४९,होक्काइदोमा ४६, फुकुओका र ह्योगोमा ३८(३८, टोचिगीना २४, ओकिनावा २३, इबाराकीमा १८, फुकुसीमामा १५, नागोना र गुन्मामा १०(१०, क्योतोमा छ, सिजुओकामा पाँच, हिरोसीमामा तीन,गिफुमा दुईजना संक्रमित थपिए ।