जापानमा १९१८ जनामा संक्रमण, २१ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ११ चैत । जापानमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै २१ जनाको मृत्यु भएको छ । सोमबार ५७ हजार ९ सय १२ जनाको पिसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ६१ हजार ८ सय १३ जना पुगेको छ ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ९ सय ५७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३७ हजार १ सय २२ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय २५ जनाको उपचार भइरहेको छ भने ३ सय २८ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १८ हजार ४ सय ६१, ओसाकामा ४९ हजार ६ सय ८२, खानागावामा ४७ हजार ३ सय ४०, साईतामामा ३१ हजार ९ सय ७८, चिबामा २८ हजार ९ सय तीन, आईचीमा २६ हजार ९ सय १४, होक्काईदोमा २० हजार ५ सय ४४, ह्योगोमा १९ हजार १ सय ३०, फुकुओकामा १८ हजार ८ सय २५ र क्योतोमा ९ हजार ३ सय १३ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ९ हजार ११ सय ४३, इबाराकीमा ६ हजार ४ सय ९६, सिजुओकामा ५ हजार ५ सय ४९ र हिरोसीमामा ५ हजार ९७, मियागीमा ५ हजार ६० जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय ६७, ओसाकामा १ हजार १ सय ७०, खानागावामा ७ सय ७५, साईतामामा ६ सय ९१, चिबामा ५ सय ४७, आईचीमा ५ सय ७२, होक्काइदोमा ७ सय ३७, फुकुओकामा ३ सय २८, ह्योगोमा ५ सय ८३ र क्योतोमा १ सय ६७ जनाको मृत्यु भएको छ ।

४७ प्रान्तमध्ये बिहीबार आठ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ४ सय २०, ओसाकामा २ सय ६२, साईतामामा १ सय २१, मियागीमा १ सय ७१, चिबामा १ सय आठ, खानागावामा १ सय २८ र होक्काइदोमा ८१ जना संक्रमित थपिए । त्यस्तै ह्योगोमा ८१, आईचीमा ७४, फुकुओकामा २४, ओकिनावामा ६८, इबाराकीमा ४६, सिजुओकामा २७, क्योतोमा १९ जना संक्रमित थपिए ।