समर्थन फिर्ता लिए, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । शनिवार सडक शिलान्यास कार्यक्रममा बोल्दै आफूले राजीनामा माग्दैमा दिन नसकिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ, ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न ।’

माओवादी केन्द्र तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिएको समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन्।