२४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १२ हजार ४०० जनाको पीसीआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७७ हजार ९५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्तैगरी सोही समयमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसबाट ३,१७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै सोमवार पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासीमा १२ जना, पर्वतमा ५ जना, स्याङ्जामा ३ जना, म्याग्दीमा ३ जना, तनहुँमा ३ जना तथा लमजुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ८ सय ३८ पुगेको छ ।