
सन थापा ।
जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानमा चुनावी माहौल तातिदै गएको छ । कार्यकाल २०२१-२०२३ का लागि जूलाई २५ देखि २७ सम्म हुने १० औं अधिवेशनका लागि अध्यक्ष पदमा सात जनाको दाबी गरेका छन् ।
अध्यक्षमा दाबी गर्नेहरूमा कार्यवाहक अध्यक्ष अनिता गुरुङ,अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य ददिबल खड्का,नरेन्द्रकुमार बस्नेत(दिनेश),ईन्जिनियर नारायण खड्का,किरण बर्मा, पूर्व उपाध्यक्ष सरोज खत्री र शिवप्रसाद पौडेल रहेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा छत्र दाहाल र नवीन निउरेको उम्मेदवारी परेको छ ।
चार उपाध्यक्ष पदका लागि रामकृष्ण श्रेष्ठ,जीवनकुमार गुरुङ,महेशकुमार कटवाल, राम थापा अनिल,विष्णुप्रसाद घिमिरे,राजकुमार अधिकारी,जनकबिक्रम शाही,बालकृष्ण कँडेल,टीकाराम कँडेल,विकास बस्नेत,विष्णुप्रसाद सुबेदी र बुद्धिराज घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै महिला उपाध्यक्षमा कालिका थापा र संगीता अधिकारी सुबेदीले दाबी गरेकी छन् ।
महासचिव पदका लागि हालका सचिव टीकाराम खरेल र प्रवक्ता सिद्धार्थ श्रेष्ठ प्रतिस्पर्धी छन् । दुई सचिव पदमा श्यामकुमार श्रेष्ठ (श्यामशीतल) र देवराज उप्रेती साथै महिला सचिवमा एलिजा केसी भण्डारी निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृष्णप्रसाद खनाल, कृष्ण गैरे शर्मा र सचिन श्रेष्ठको उम्मेदवारी परेको छ भने सहकोषाध्यक्षमा दीपक सुनार र बाबुराम खरेल प्रतिस्पर्धी छन् । महिला संयोजकमा अन्जु भण्डारी निर्विरोध निर्वाचित भएकी छन् भने युवा संयोजकमा राकेश लामा र राजेश खनाल भिड्दैछन् ।
त्यसैगरी सात जना सदस्यका लागि रामप्रसाद शर्मा धनपति,चन्द्रकुमारी केसी,राजु पनेरू,प्रकाश लामिछाने,राजु भण्डारी सुनिल,सुरेश सापकोटा, रामबहादुर खत्री, लक्ष्मी केसी महर्जन,फडिन्द्र पहाडी,रामु कँडेल,थमबहादुर क्षेत्री, कृष्णबहादुर थापा,दीपक कँडेल, ताराबहादुर कार्की,विनय गुरुङ,मञ्जु गिरी, भीमसेन राय(भीम रायमाझी) र मोहनसिङ मडै गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका छन् । महिला सदस्यमा हेमा पाण्डेको मात्र उम्मेदवारी परेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषदमा सदस्यमा श्रवणकुमार सत्याल,सुपेन्द्र घिसिङ,दीपक कार्की,लक्ष्मण बानियाँ,बलराम श्रेष्ठ,नरबहादुर थापा,रोबिनप्रसाद शेरचन,रामहरि पुडासैनी,विकास श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । एनआरएनए जापानमा ९ हजार ३ सय ९४ जना मतदाता रहेका छन् ।

