पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।