गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ, लुम्बिनीमा अमिक शेरचन

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित


काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्‍याउने गरी सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।