सफारीमा पाटेबाघ:पर्यटनकर्मीहरु उत्साहित

-


     मर्दी न्युज    
     १ मंसिर २०७८ मा प्रकाशित


सांकेतिक तस्बिर

झण्डै दुई बर्ष विश्वब्यापी महामारी कोभिड-१९ का कारण थलिएको पर्यटन ब्यवसाय विस्तारै तंग्रिने प्रयासमा रहेको छ । विभिन्न पर्यटकीय गन्तब्य संगै चितवन राष्ट्रिय निकुञ्ज पनि आफ्नै पुरानो लयमा फर्किने प्रयास गरिरहेको अबस्थामा निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रहरुमा जंगली जनावरहरुको चहलपहल बढेसँगै सफारीमा रम्ने पर्यटक तथा ब्यबसायीहरु उत्साहित हुँदै छन् । यसै साता सफारीकै क्रममा राजु तामाङ, मिलन तामाङ, पेम्बा शेर्पा र सोम लामाले पाटेबाघको अद्भुत तस्बिरहरु खिचेका छन् । नेपालमा कुल २३५ वटा पाटेबाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा पाटेबाघ छन् । फोटो मिलन तामाङ