जगदिशपुरमा आइपुग्यो बैकालगैरी

-


     मनशान्त घिमिरे    
     १५ माघ २०७८ मा प्रकाशित


फोटोः माकिज कोट्लारस्की

कपिलवस्तु । फिरन्ते हाँसको प्रजाति बैकालगैरी जगदिशपुर जलाशयमा पहिलो पटक अभिलेख गरिएको छ । पंछी अबलोकनका क्रममा पंछीबिद रमेश चोधरी तथा माकिज कोट्लारस्की ले गत साता यस प्रजातिको फोटो सहित अबलोकन गरेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रको लारजुङ नजिकै कालीगण्डकी नदीमा सन् १९८४ को अक्टोवर महिनामा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यस प्रजाति सन् १९८७ र १९८९ मा कोशी ब्यारेजमा देखिएको थियो । त्यसैगरि काठमाण्डौं उपत्यकाको टौदहमा सन् २००५ मा र सुनसरीको बर्जुतालमा सन् २०१२ मा भेटिएको नेपालको संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।

समुन्द्री सतहको ७५ देखि २५६० मिटरको विचमा अबलोकन गरिएको यस प्रजाति अघिल्लो वर्ष र यस वर्ष सुनसरीकै वर्जु तालमा हिउँदे पानीचरा गणनाको क्रममा भेटिएको कोशी पंछी समाजका अध्यक्ष संजीब आचार्यले जानकारी दिए ।



Tags: , ,