गुल्मी पहिरोमा परि ४ जनाको मृत्यु, २ घाइते

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका मुना विक र विष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।