मनसुनी गतिविधि बढ्ने, केही प्रदेशमा भारी वर्षाको पूर्वानुमान

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०८२ मा प्रकाशित


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज देशभर मनसुन गतिविधि बढ्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भु-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी र र लुम्बिनी प्रदेशको तराई भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।