पोखरा-१३ आर्वामा बस दुर्घटना, २३ घाईते

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर–१३, आर्वामा एउटा यात्रुवाहक बस दुर्घटनामा परेको छ । आर्वा मणीदीपबाट काहुँखोला आउँदै गरेको ग.१ ख.४०२७ नम्बरको बस आर्वाको मडकेल्नामा दुर्घटना हुँदा २३ जना घाईते भएका छन् । बस दायाँतर्फको भित्तामा गएर धस्सिएको छ । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुनसक्ने यात्रुहरुको भनाई छ ।

दुर्घटनामा पोखरा–१३ का २० वर्षिया अञ्जली परियार, ३२ वर्षिया अनिता सापकोटा, ६५ वर्षिया अम्बिका बराल, ३० वर्षिया सुरमा परियार, ९ वर्षिया सुप्रिया परियार, २५ वर्षिया कविता पाण्डे, ६५ वर्षिया मनशोभा परियार घाईते भएका छन् ।

त्यस्तै, ५२ वर्षिया कोपिला बराल, ६२ वर्षिय टंकप्रसाद देवकोटा, ४६ वर्षिय चन्द्रबहादुर आले, ३२ वर्षिय मधु अधिकारी, ३७ वर्षिया चन्द्र पराजुली, १५ वर्षिया सिम्रन बराल, ४४ वर्षिया मनमाया सुनार, १० वर्षिय एञ्जल परियार, ४० वर्षिया नानुमाया परियार, २३ वर्षिया रचना बराल, ६ वर्षिय दिव्यान बराल, ४६ वर्षिय सरद बराल, ३४ वर्षिया पार्वती बराल, ७० वर्षिय पदमराज बराल र ५५ वर्षिया जमुना बराल घाईते भएका छन् । दुर्घटनामा बसका चालक ४२ वर्षिय तेजबहादुर मगर पनि घाईते भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये टंकप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छ । घाईते मध्ये चन्द्र, सिम्रन, मनमाया, तेजबहादुर, कविता, एञ्जल, नानुमाया, रचना, दिव्यान, सरद र पदमराज उपचारपछि डिस्चार्ज भएका छन् । अन्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी)मा उपचार भइरहेको छ ।