नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । सम्पूर्ण मन्त्रालयको जिम्मेवारी पनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई नै सुम्पिएको छ । ४२ औं प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की नेपालकै इतिहासको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्ति भएका छन् ।

राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।